समाचार

शुभद्रा अधिकारीको निधन भएको एक वर्षपछि थाहा पाउनेहरु !

शुभद्रा अधिकारीको निधन भएको एक वर्षपछि थाहा पाउनेहरु !

प्रख्यात चरित्र अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको आज एक वर्ष पुग्यो । अभिनेत्री मिथिला शर्मासहित केही कलाकारले स्वर्गीय अधिकारीको वार्षिकीका अवसरमा उनलाई श्रद्धान्जली व्यक्त गर्दै बिहान फेसबुकमा पोष्ट गरेका थिए ।

चलचित्र क्षेत्रकै केही व्यक्तिहरु उनको निधनबारे हिजोका दिनसम्म बेखबर रहेछन् । तर, एउटा अनलाइनले भने अधिकारीको भर्खरै नि धन भएको जसरी समाचार प्रकाशित गर्यो । अनि सामाजिक सञ्जालमा सुरु भयो ‘रिप’ को वर्षा ।

चलचित्र क्षेत्रमा नै आवद्ध रहेका व्यक्तिहरु समेत यस्तो समाचारको पछि दौडेर गोहीको आँशु झार्नु चाहिँ बिडम्बना हो । चलचित्र क्षेत्रकी एक हस्तीको निधन भएको एक वर्षपछि समाचार थाहा पाएर उनीहरु ‘भावविव्हल’ बनेका छन् ।

‘उहाँलाई सानैदेखि पर्दामा देखेर ठूला भएका हामी निधनको खबर सुन्दा साह्रै मन रोयो । हजुरको स्वर्गमा बास होस् । हार्दिक श्रद्धान्जली सुभद्रा अधिकारी दिजु ।’

एउटा चलचित्रमा नायिका बनेर अभिनय गरेकी एलिजा गौतम (ऋषी धमलाकी पत्नी) ले आज दिउँसो भावुक बन्दै फेसबुकमा पोष्ट गरिन् ।

उनले लेखेकी थिइन्, ‘उहाँलाई सानैदेखि पर्दामा देखेर ठूला भएका हामी निधनको खबर सुन्दा साह्रै मन रोयो । हजुरको स्वर्गमा बास होस् । हार्दिक श्रद्धान्जली सुभद्रा अधिकारी दिजु ।’

सुभद्रा अधिकारीलाई पर्दामा देखेर हुर्केकी एलिजालाई एक वर्षअघि नै उनको मृत्यु भएको थाहै रहेनछ । जब उनलाई फोनहरु र म्यासेजहरु आउन थाले, आफ्नो स्टाटस सच्याउनुको साटो सुटुक्क पोष्ट नै डिलिट गरिदिइन् । उनले अहिलेसम्म आफ्नो गल्तिमा क्षमायाचना गरेकी छैनन् ।

अरु केही ‘लो प्रोफाइल’का कलाकारले पनि अधिकारीको आजै निधन भएको भनेर पोष्ट गरेको भेटिएको छ । कलाकार सुभाष मेचेले लेखेका छन्, ‘वरिष्ठ कलाकार तथा चरित्र अभिनेत्री सुभद्रा अधिकारीको आज बिहान दुःखद् निधनको खबरले एकदमै मर्माहत भएको छु ।’

उनी नेपाली चलचित्र उद्योगकै प्रख्यात चरित्र अभिनेत्री हुन् । फेसबुकका विभिन्न ग्रुपमा पनि यस्तै आशयमा स्टाटसहरु आएका छन् । रिपको ओइरो लागिरहेको छ ।

अधिकारीको गत वर्षको साउन ३२ गते निधन भएको थियो । निमोनियाबाट पिडित उनको ७२ वर्षको उमेरमा नि धन भएको हो । यस्तो समाचारले सर्वसाधारणमा भ्रम सिर्जना गर्नु अस्वभाविक भएन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७