मुख्य समाचार

पछिल्लाे २४ घण्टामा थपिए अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित

पछिल्लाे २४ घण्टामा थपिए अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित

कोरोना भाइरसका एकहजार १६ जना सङ्क्रमित थपिएका छन्, एकै दिन अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको याे उच्चतम सङ्ख्या हो । पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षणमा साे सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार २५७ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । उहाँका अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू दशहजार ५६३ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ९२६ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा सातजनाको मृ त्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या एकसय १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७