समाचार

राष्ट्रिय झण्डा ‘जलाएर’ भिडियो बनाउने मध्यका एकजना पक्राउ

राष्ट्रिय झण्डा ‘जलाएर’ भिडियो बनाउने मध्यका एकजना पक्राउ

राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो सुट गर्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘देशद्रोही’ शीर्षकको वि-वादास्पद भिडियो बनाउने समूहका इशाक लिम्बुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

ललितपुरको नखिपोट घर भएका इशाकले सो भिडियोमा क्यामरापर्सनको भूमिका निभाएका थिए । सो समूहका अरु चारजना फ-रार रहेका छन् । त्यस भिडियाे अहिले सामाजिक संजालमा निकै भाइरल भएकाे छ ।

मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । नेपालको झण्डा ज-लाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक संजालमा चर्को विरोध भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७