मुख्य समाचार

पोखराको अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

पोखराको अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

पोखरामा तनहुँकी महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिका १ निवासी ५० वर्षीया महिला पोखरा १० स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेकी थिइन् । हिजो सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

अस्पताल स्रोतका अनुसार उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको थियो । उनी साउन ३२ देखि उपचाररत थिईन् । महिलामा मधुमेहसँगै मुटुरोगको समस्या रहेको पनि श्रोतले जनाएको छ ।

यसबारे क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आधिकारिक जानकारी दिन भने बाँकी नै छ । नेपाली सेनाले नै आज उनको अन्तिम संस्कार गर्नेछ । यसको लागि तयारी भइरहेको बताइएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७