अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट ५० हजार बढीको मृत्यु

भारतमा कोरोनाबाट ५० हजार बढीको मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ सय ४१ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५० हजार ९ सय २१ पुगेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५७ हजार ९ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ६ सय ६३ पुगेको छ ।

कोरोना पुष्टि भएकामध्ये भारतमा निको हुनेको संख्या १९ लाख १९ हजारभन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७