प्रदेश

पोखरामा आज रातीदेखि निषेधाज्ञाः के गर्न पाइने के नपाइने ?

पोखरामा आज रातीदेखि निषेधाज्ञाः के गर्न पाइने के नपाइने ?

पोखरा महानगरपालिकामा कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको छ । पोखरालाई एक हप्ता कडा हिसाबले शिल गर्ने तयारीमा महानगर रहेको छ । तर निर्णयको औपचारिक जानकारी भने सार्वजनिक भइसकेको छैन ।

पोखरा महानगरपालिकाको कोरोना सं-क्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको महानगरका मेयर मानबहादुर जिसीले हिमालय दैनिकाला बताए ।

आजै सोमबार मध्येराति १२ बजेबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते जारी रहनेछ । त्यसपछि सं-क्रमित बढे नबढेको अवस्था हेरेर निषेधाज्ञालाई जारी राख्ने कि नराख्ने निर्णय हुने मेयर जिसीले जाकारी दिए ।

बैठकमा भएको निर्णय सिधै जिल्ला स्थित विपद व्यवस्थापन समितिमा पुग्नेछ । त्यसपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्व रहेको सिसिएमसीले सिफारिस अनुसार निर्णय गर्नेछ ।

अब निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी तथा अत्यावश्यक सामाग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट अनुमति नलिएका गाडी गुड्न पाउँने छैनन् । नजिकको पसलमा खाद्यान्न किन्न बाहेक घरबाहिर निस्कनलाई पनि निषेध हुने मेयर जीसीले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७