मुख्य समाचार

पोखरालाई लकडाउन भन्दा कडाईका साथ ‘सिल’ गर्ने तयारी

पोखरालाई लकडाउन भन्दा कडाईका साथ ‘सिल’ गर्ने तयारी

पोखरा- पोखरा महानगरपालिका सिल गर्ने तयारी भइरहेको छ । दैनिक संक्रमितको संख्या बृद्धि हुनुका साथै समुदायस्तरमा कोरोना फैलिएसँगै पोखरा सिल गर्न लागिएको महानगरपालिकाका मेयर मानबहादुर जीसीले बताउनुभयो ।

बैठकमा कोरोनाको जोखिम बढेको भन्दै पोखरा सिल गर्न सबै सकारात्मक रहेको पनि मेयर जीसीले बताउदै अब गरिने महानगरपालिका सिल लकडाउन भन्दा फरक हुने र कडाइका साथ लागू गरिने मेयर जिसीले जानकारी गराउनुभयो ।

कम्तीमा पनि २ हप्ता सिल गर्न सके मात्र महानगरबासीलाई संक्रमणको जोखिमबाट बचाउन सकिने र यसअघि लकडाउन खासै प्रभावकारी नभएको र लकडाउन खुला गरेसँगै संक्रमण बढेको जीसीले बताउनुभयो ।

सर्वदलीय बैठक अनुसार सबै राजनीतिक पार्टीको छलफलमा आजको मितिसम्म संक्रमितको संख्या २०० भन्दा बढी पुगेको र चाडबाडमा संक्रमणको घटना झनै बढ्ने आशंकाले सिल गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७