मुख्य समाचार

आमा र तीन छोराछोरीलाई खोलाले बगायो

आमा र तीन छोराछोरीलाई खोलाले बगायो

कालीकोट नरहरिनाथ गाउँपालिका स्थित मालकोटको उत्छब खोलाले बगाएर शनिबार एकै परिवारका ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जहाँ आमा र ३ छोराछोरीको मृत्यु भएको हो। मृत्यु हुनेमा चारैजना अछाम, पञ्चदेवलका हुन् ।

पञ्चदेवल विनायक नगरपालिका–९ तामकोट गाउँबाट माइती आउने क्रममा ३३ वर्षीया देवा बोहोरा र उनका ३ छोराछोरीको मृत्यु भएको हो । १४ वर्षीया छोरी विपना, ७ वर्षीय छोरा हेमन्त र १ वर्षीया छोरी आकृतिको मृत्यु भएको कालीकोटका डीएसपी श्यामबाबु ओलियाले बताए ।

पहिला छोराछोरी बगे त्यसपछि पिठ्यूँमा सानी छोरी बोकेकी देवा बचाँउन खोलामा हाम्फालिन तर उनलाइ पनि बगाएर बेपत्ता बनायो । उनको पनि मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७