मुख्य समाचार

प्रधानमन्त्री ओलीको प्रोफाइल फोटोमा ‘जस्टिस फर निर्मला’को अनौठो ट्रेण्ड

प्रधानमन्त्री ओलीको प्रोफाइल फोटोमा ‘जस्टिस फर निर्मला’को अनौठो ट्रेण्ड

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली को फेसबुक पेजको प्रोफाइल फोटोमा एक्कासी कमेण्टको ट्रेण्ड नै चलेको छ ।

‘जस्टिस फर निर्मला’ भन्ने नारासहित प्रधानमन्त्रीको प्रोफाइल फोटोमा कमेण्टको वर्षा भइरहेको छ । समाचार तयार पार्दासम्म प्रधानमन्त्रीको तस्बिरमा १ लाख ६८ हजारबढी कमेन्टको बर्षा छ । तस्बिरमा जम्मा १७ हजार मात्र लाइक तथा अन्य रियाक्सन छ ।

त्यस्तै प्रधानमन्त्रीको प्रोफाइल फोटो पछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड तथा नेपाल प्रहरी र गृहमन्त्रालयको फेसबुक पेजमा समेत कमेण्ट हुन थालेको छ । त्यहाँ पनि हजारौंले कमेन्ट गरिुकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७