मनोरञ्जन

उमेर ढल्किदा पनि अझै अविवाहित छन् यी ५ बलिउड सुन्दरी [तस्बिरसहित]

उमेर ढल्किदा पनि अझै अविवाहित छन् यी ५ बलिउड सुन्दरी [तस्बिरसहित]

बलिउड फिल्म क्षेत्र जो संसाममै चर्चित छ । जहाँको स्टारको फिल्मले मात्र होइन जीवन शैलीको पनि निकै चर्चा हुनेगर्छ । हामी केहि बलिउड नायिकाको बारेमा चर्चा गर्दैछाैँ । नायिकाहरू त्यसैपनि सामान्य युवतीको तुलनामा ढिलो बिवाह गर्छन् । सामान्यता बिवाहले करियरमा असर गर्ने मान्यता छ ।

केहि अभिनेत्री जसको बिवाहको लागि ढिला मात्रा होइन धेरै ढिला भइसक्यो । जसको उमेर ४५/५० बर्षको हाराहरीमा पुगिसक्यो तरपनि बिवाह गर्ने कुनै सोचमा छैनन् ।

नगमा

सन् १९९० बाट फिल्म बागी मार्फत बलिउडमा प्रवेश गरेकि हुन नगमा, उनि अझै अविवाहित छन । अहिले राजनीतिमा सक्रिय उनि उमेरले ४५ काटिसकेकी छन् ।

तब्बू

बलिउडमा अभिनेत्री तबूले फिल्म विजयपथबाट प्रवेश गरेकी हुन् । उमेरले ४९ लागिसक्दापनि तबु अझै अविवाहित छिन् ।

सुष्मिता सेन

पूर्वमिस यूनिभर्स सुष्मिता सेनले अझैसम्म विवाह गरेकि छैनन् । उनी रोहमन शलसँग डेटमा छिन् त्यसकारण चाडैँ विवाह हुनसक्ने सम्भावना चाँहि छ तर ४४ वर्षीय सुष्मिता अविवाहित नै हुन् ।

अमिषा पटेल

फिल्म कहो ना प्यार है, गदर लगायतका फिल्मबाट बलिउडमा तहल्का मच्चाउन सफल अभिनेत्री अमीषा पटेल समेत अझैसम्म अविवाहित छन् । ४४ वर्षीय अमीषा अझै पनि उनको सुन्दरतामा कुनै कमी छैन ।

तनीषा मुखर्जी

चर्चित अभिनेत्री काजलकी बहिनी तनिषा मुखर्जी ४२ बर्षकी पुगीसकिन् तर पनि उनि अविवाहित नै छन् । उनले बलिउडमा सफलता पाउन भने सकिनन् । कुनै समय उनले नाम उदय चोपडा र अरमान कोहलीसँग डेट गरेपनि बिवाह भने हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७