मनोरञ्जन

ऐश्वर्यासँग ‘ब्रेकअप’पछि सलमानले ल्याएका थिए डुप्लिकेट नायिका [१२ तस्बिर]

ऐश्वर्यासँग ‘ब्रेकअप’पछि सलमानले ल्याएका थिए डुप्लिकेट नायिका [१२ तस्बिर]

बलिउड अभिनेत्री ऐश्वर्या राय उनको सुन्दरताको चर्चा सदा हुन्छ । जती उनको सुन्दरताको चर्चा हुन्छ । त्यती नै उनको नायकसँगको अफेयरको पनि चर्चा हुने गर्छ ।

उनको अभिषेकसँग बिवाह हुनुअघि बिवेक अोवराय र त्यसअघि सलमान खानसँग प्रेममा थिइन् । तर सलमान खानसँगको प्रेमले भने निकै चर्चा पाएको थियो । उनिहरूको प्रेमको चर्चा अझै पनि हुने गर्छ ।

बलिउडका केही चर्चित र विवादित लभ स्टोरीमध्ये ऐश्वर्या राय र सलमान खानको प्रेम कहानी पनि एक हो । उनीहरुको जति समय प्रेमसम्बन्ध रह्यो, त्यो प्रेम अहिले पनि बेलाबेलामा चर्चाको विषय बन्छ ।

सलमानले बारम्बार ऐश्वर्यामाथि हैकम जमाउन खोजेका कारण नै यी दुईको ब्रेकअप भएको थियो । अनि सलमान अलिक बढी कन्ट्रोल फ्रिक भएकाले पनि यो सम्बन्ध लामो समय नचलेको मानिन्छ ।

केही अन्तर्वार्ताहरुमा ऐश्वर्याले सलमानले आफूलाई सम्मान नगरेको आरोप पनि लगाउने गरेकी थिइन् । यही कारणले यी दुईको सम्बन्ध लामो समय रहन सकेन । र अन्तत ऐश्वर्याले अभिषेक बच्चनसँग बिवाह गरिन् ।

उत ऐश्वर्यासँगको ब्रेकअपबाट पागल बनेका सलमान खानले सन् २००५ मा ऐश्वर्याको रिसका कारण एक नयाँ अभिनेत्रीलाई बलिउडमा भित्राए। उनि हेर्दा दुरूस्तै ऐश्वर्या जस्ती नै देखिन्थिन्। सुरूमा उनलाइ देखेर दर्शकपनि चकित परेक थिए ।

सलमानले उनलाइ फिल्म ‘लकी नो टाइम फर लभ’बाट डेब्यु गराए । उनको नाम हो स्नेहा उलाल। फिल्मले कुनै सफलता पाउन सकेन तर ऐश्वर्यासँग अनुहार मिलेकै कारण उनको चर्चा भने चल्यो।

त्यसपछि स्नेहा सन् २०१४ मा एक तमिल फिल्ममा देखिईन्। स्नेहा पछिल्लो समय भने बलिउडबाट टाढा छिन् । उनि एउट गम्भीर रोगको कारण फिल्मी क्षेत्रबाट टाढिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७