मनोरञ्जन

यी ९ कलाकारः जो पढ्न सकेनन् तर बलिउडमा राज गरे

यी ९ कलाकारः जो पढ्न सकेनन् तर बलिउडमा राज गरे

हाम्रो समाजमा पढ्ने लेख्ने मानिस असल र नपढ्न चाहिँ खराब मानिस भनेर चित्रित गरिन्छ । तर नपढ्दैमा मानिस खराब हो र सफल हुन सक्दैन भन्ने गलत हो । जसको पुष्टी बलिउडका चर्चित कलाकारले पनि गरेका छन् ।

बलिउडमा केहि चर्चीत कलाकारहरु छन् जो पढाईलाइ अघि बढाउन सकेनन्। तर, कम पढेपनि बलिउडमा बेग्लै स्थान बनाइसकेका छन् ।

स्कुले शिक्षा त लिए तर विश्वविद्यालय डिग्री भने पाउन सकेनन् । केही स्टारहरु केही समय विश्वविद्यालयमा भर्नासम्म त भए तर पढाइलाई अगाडि बढाउन भने सकेनन् । तर, पनि उनीहरु आज नाम र दाम कमाइरहेका छन् ।

टाइगर श्राफ

बलिउडमा फिल्म ‘हिरोपन्ती’ बाट करिअर सूरु गरेका टाइगर १२ कक्षामात्र पास हुन् । उनले १२ कक्षासम्मको पढाइ सकेपछि पढ्न छोडिदिए । तरपनि अहिले उनि बलिडमा सफलताको शिखरमा चढीरहेका छन् ।

सलमान खान

बलिउडका दवंग खानले कक्षा १२ सम्मको पढाइ गरेका छन् । तर ग्रयाजुएसन पुरा गर्नुभन्दा पहिला नै उनी मोडलिङतिर लागे । यसका कारण उनले पढाइ बिचमा नै छोडिदिए ।

प्रिंयका चोपडा

प्रिंयका चोपडा विश्वविद्यालयको डिग्री हासिल गरेकी छिन् भन्ने लाग्नसक्छ । तर सन् २००० मा मिस इण्डिया समेत भएकी प्रियंका कक्षा १२ पास मात्र हुन् । उनले मुम्बईको एक विश्वविद्यालयमा भर्ना त हालिन् तर पढ्नै गइनन् ।

करिश्मा कपुर

बलिउडमा कपुर परिवारलाई पढाइ पुरा नगर्ने परिवारको रुपमा लिइन्छ । कपुर खानदानकी छोरी करिश्मा कपुरले त अझ ६ कक्षामा पढ्ने क्रममा नै पढाइ छोडदिएकी थिइन् । पछि उनले फिल्म ‘प्रेम कैदी’ बाट आफ्नो बलिउड करिअर सूरु गरेकी थिइन् । त्यसपछि उनि सफलतातर्फ लागिन ।

करिना कपुर

आफ्नो दिदी झै करिना कपुरले पनि पढाइलाई महत्व दिइनन् । तर, उनले कक्षा १२ सम्मको पढाइ भने पुरा गरिन् । पछि उनले मिठीबाइ कलेजमा भर्ना त गरिन् तर बलिउडले उनको पढाइ भंग गरिदियो । फिल्म ‘रिफ्युजी’ मा इन्ट्री पाएपछि पढाइ त्यत्तिकै छोडिन्।

दीपिका पादुकोण

आज बलिउडकी सबैभन्दा महँगी नायिकाको रुपमा परिचीत दीपिका पनि ग्रयाजुएट होइनन् । कक्षा १२ को पढाइ सकेपछि उनले ब्याचरलको पढाईका लागि फर्म त भरिन् तर मोडलिङमा लागेपछि पढाइ अधुरै रह्यो ।

आलिया भाट

आलियाले मुम्बइमा रहेको जमानाभाई नरसी स्कुलमा कक्षा १२ सम्मको पढाइ गरेकी थिइन् । तर, त्यस लगत्तै उनलाई फिल्म ‘स्टुटेण्ड अफ द इयर’ मा आएपछि उनले व्याचरलको पढाइ छोडिदिइन् ।

अक्षय कुमार

बलिउडका खिलाडी अक्षय कुमार ले फिल्ममा सफलता पाएपनि पढाईमा भने पाउन सकेनन । उनले पढाइलाई बिचमै छोडेर बैंकक मार्शल आर्ट सिक्न गएका थिए । उनले अझै पनि आफुले सही निर्णय लिएको बताउँदै आएका छन् ।

आमिर खान

आमिर खान बलिउडका मिस्टर पर्फेक्सनिष्ट रुपमा परिचित छन् । तर उनि पढाइमा भने पर्फेक्सनिष्ट देखिएनन् । उनले १६ वर्षकै उमेरमा फिल्ममा काम गर्न थालेका थिए । त्यसपछि उनले ब्यचलरको पढाइ पुरा गर्न सकेनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७