मनोरञ्जन

१८ बर्षकी भइन् तेरिया: शेयर गरिन् झनै सुन्दर तस्बिर [फोटो फिचर]

१८ बर्षकी भइन् तेरिया: शेयर गरिन् झनै सुन्दर तस्बिर [फोटो फिचर]

पोखरा । रुपन्देहीकी तेरिया फौजा मगर भारतको चर्चित डान्सिङ रियालिटी शो डान्स इन्डिया डान्स लिटिल मास्टरको सिजन ३ बिजेता बने पछी विश्व भर चर्चित भइन । मात्रै १४ वर्षको उमेरमा उनले यो उपाधि जितेपछि देश बिदेशमा निकै चर्चा भयो ।

डान्स इन्डिया डान्स लिटिल मास्टर मात्र हैन अर्को रियालिटी शो ‘झलक दिखला जा’ सिजन ९ को पनि बिजेता बनिन तेरिया। त्यो संगै तेरिया मगर सानै उमेरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइन ।

निक्कै सानो उमेर मै नृत्यमा रुची राखेकी तेरियाले सफलता मात्र हात पार्दै आएकी छिन । डान्स इन्डिया डान्स लिटिल मास्टरमा जानु अगाडी नै उनले नेपालका केहि कम्पिटिसनमा भाग लिईसकेकी थिइन । तर उनको चर्चा डान्स इन्डिया डान्स लिटिल मास्टरमा पुगेपछि मात्र भयो ।

डान्सबाट लाखौं दर्शकको मन जित्न सफल तेरिया सामाजिक संजालमा पनि निकै सक्रिय छन । सामाजिक संजालमा उनको डान्स मात्र नभइ सुन्दरताको पनि चर्चा हुन्छ ।

अहिले तेरिया मगर १८ वर्षकी भइसकेको सामाजिक संजालबाट जनाउ दिएकी छन् । उनले १८ बर्ष पुगेकोमा बिश्वास नलागेको भन्दै लेखेकी छन् । भने उनले जन्मदिन मनाएको तस्बिर समेत शेयर गरेकी छन् ।

१८ बर्षे जवानीसंगै तेरिया झनै सुन्दरी देखिएकी छिन । हेर्नुहोस तेरियाको केहि थप तस्बिरहरु –

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७