मुख्य समाचार

काठमाडौं उपत्यकामा नगर्नुहोस् यी १० गतिविधिः परिएला १ महिना जेल!

काठमाडौं उपत्यकामा नगर्नुहोस् यी १० गतिविधिः परिएला १ महिना जेल!

कोरोनाभाइरसको सक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले केही गतिविधिमा रोक लगाएका छन्।

भीडभाड गर्ने, भेला हुने, जुलुस गर्ने लगायतका क्रियाकलाप हुन थालेको भन्दै तीन वटै प्रशासन कार्यालयले केही आदेश जारी गरेको हो।

शुक्रबार बसेको तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १० बुँदे आदेश जारी गरेको छ। आदेश शुक्रबार राति १२ बजे देखि भदौ १५ गते राति १२ बजेसम्म लागू हुनेछ। आदेशको उल्लंघन गरे स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम कारबाही हुने बताइएको छ ।

उक्त दफामा उल्लेख छ, ‘आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले कार्यविधि अपनाई एक महिनासम्म कैद वा एक हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्नेछ र उक्त सजायको आदेश उपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ।’

प्रशासन कार्यालयले निषेध गरेका गतिविधि-

-खुल्ला स्थानमा मानिसहरु भेला, भीडभाड गर्न, सभा जुलुस गर्न।
-भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव संचालन गर्न।
-दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु।

-उद्योग व्यापार, व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरु।
-चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटह।
-शैक्षिक संस्थाहरु संचालन गर्न।

-उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसार पसार ।
-टेक वे बाहेक होटल, रेस्टुराँ सञ्चालन गर्न।

-सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद , पुस्तकालय, संग्रहालय, संचालन गर्न।
-फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७