धर्म/ संस्कृति

आजको राशिफल : यी ६ राशि होसियार हुनुहोला

आजको राशिफल : यी ६ राशि होसियार हुनुहोला

वि.सं.२०७७ साल साउन ३१ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट १५ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय ०५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३२ घडी ४३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानि बढाउँन गरिने कामहरु समयमा नै सम्पन्न गरिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथिको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ । मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारित तथा फिल्मी क्षेत्रमा समय लगानि गर्नेहरुलो नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सहि सदुपयोग गरि रचानात्मक काम गरि समाजमा नाम कमाउन सकिनेछ । साथिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडिहरुका लागि समयले साथ दिनेछ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरिको यात्राको तय गर्न सकिने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आर्थिक अवस्था राम्रो रहने हुदा अर्थ व्यापारमा लगानि गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थना राम्र काम गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथिभाईहरुको सहयोग पाईनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाँउमा नयाँ नियूक्ति तथा काम गरिरहेको ठाउमा बढोत्तरि हुने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रतिष्ठित व्याक्तिुसँग प्रतिष्पर्धा गर्नुपरेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुसि हुनेछ । पढन पाढनमा अलि मन नजादा गृहकार्यहरु समयमा सकाउँन मुस्किल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

तपाईको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७