मुख्य समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारीः के गर्न पाईन्छ के पाइदैन ?

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारीः के गर्न पाईन्छ के पाइदैन ?

आज राती १२ बजे अर्थात शुक्रबार रातिबाट लागू हुने गरी काठमाडाै उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको जो-खिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार मध्यराति १२ बजेदेखि आउँदो भदौ १५ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।

निषेधाज्ञाको अवज्ञा गरेमा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । प्रशासनले खुला स्थानमा भेला नहुन, भीडभाड नगर्न, सभा जुलुस नगर्न, जात्रा तथा महोत्सव नगर्न, धार्मिक गतिविधि नगर्न भनेको छ ।

साथै सडक व्यापार नगर्न, स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत होटेल रेष्टुरेन्ट समेत खोल्न पाइने छैन ।

कोरोना सं-क्रमणको जो-खिम बढेकाले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर भिडभाड हुने गतिविधिमा रोक लगाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

आदेशमा निषेध गरिएका कामहरु गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७