मनोरञ्जन

एन्जेलिना जोली सर्वाधिक कमाइ गर्ने नायिकाः कती छ उनको बार्षिक आम्दानी ?

एन्जेलिना जोली सर्वाधिक कमाइ गर्ने नायिकाः कती छ उनको बार्षिक आम्दानी ?

हलिउड नायिका एन्जेलिना जोलीलाई फोब्सले सर्वाधिक आम्दानी गर्ने नायिकाको शीर्ष स्थानमा राखेको छ ।

हलिउडकी सर्वाधिक पारिश्रमिक पाउने अभिनेत्रीको सूचीमा सदाबहार अभिनेत्री एन्जेलिनाका साथमा अर्कि अभिनेत्री सराह जेसिका पार्करपनि छन्। यी दुवैको वार्षिक आम्दानी एक सय ३५ करोड छ।

त्यस्तै तेस्रो नम्बरमा जेनिफर एनिस्टन छन् भने चौथो स्थानमा रिज विदरस्पुन रहेका छन् । उनीहरुको वार्षिक आम्दानी क्रमश एक सय २६ करोड र एक सय २६ करोड रहेको छ ।

त्यस्तै पाँचौं स्थानमा जुलिया रबर्ट्स छिन् उनको ९० करोड कमाइ छ। हलिउडमा केही समय पहिला देखिएका नयाँ अनुहारपनि टप टेनको सूचीमा पर्न सफल भएका छन्। यसमा सुपरहिट फिल्म ‘ट्विलाइट’की अभिनेत्री क्रिस्टन स्टिवर्ट ९० करोड कमाइ गरेकी छिन् त्यस्तै किलर्स एवं द अग्ली ट्रुथ फिल्मकी अभिनेत्री कैथरिन हैल पनि टप टेनमा पर्न सफल भएकी छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७