मुख्य समाचार

पहिरो गएपछिको लिदीको दृश्य [१० तस्बिर]

पहिरो गएपछिको लिदीको दृश्य [१० तस्बिर]

अविरल वर्षापछि आएको पहिरोले शुक्रबार जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् । बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडोबाट पहिरो खसेको हो ।

पहिरोमा ३५ जना बे-पत्ता भएको भनिएपछि यकिन भइनसकेको प्रहरीले जनाएको छ । एक दर्जन घरमा पूर्ण क्ष-ति पुगेको भन्ने छ, कति मान्छे बे-पत्ता भए अहिल्यै भन्न सकिने अवस्था छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने पुरिएका मध्ये पाँच घरका स्थानीय सम्पर्कविहीन रहेको जानकारी दिए । उनका अनुसार तीन घरमा १३ जना सदस्य थिए । बाँकी दुई घरमा कति थिए, खुल्न सकेको छैन ।

यसैबीच पहिरोमा पुरिएर घा-इते भएका ५ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत चौतारा लगिएको छ । अहिले घटनास्थलमा उद्धार र राहतलाई तीव्रता दिन भन्दै सभामुख अग्‍निप्रसाद सापकोटासहितको टोलीपनि पुगेको छ ।

तस्बिरहरु : सभामुखको सचिवालय

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७