मुख्य समाचार

सिन्धुपाल्चोक पहिरो: ३५ जना बेपत्ता, ५ जनालाई हेलिकप्टरबाट अस्पताल ल्याइयो

सिन्धुपाल्चोक पहिरो: ३५ जना बेपत्ता, ५ जनालाई हेलिकप्टरबाट अस्पताल ल्याइयो

सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा ग-म्भीर घा-इते भएका पाँच जनालाई अस्पताल लगिएको छ । सेनाको टोलीले हेलिकप्टरबाट उनीहरूको उद्धार गरेको हो ।

घाइतेहरूलाई चौतारास्थित जिल्ला अस्पताल ल्याएर उपचार गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

पहिरोबाट निकालिएका ग-म्भीर घाइ-ते ५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । उनका अनुसार १३ घर पुरिएकोमा पाँच घरका स्थानीय सम्पर्कविहीन छन् ।

चार सय मिटरमाथिबाट आएको पहिरोले बस्ती क्षत-विक्षत बनाएको र पहिरोमा ३५ जना हराइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७