अन्तर्राष्ट्रिय

कुखुराको मासुमा पनि भेटियो कोरोनाभाइरस

कुखुराको मासुमा पनि भेटियो कोरोनाभाइरस

बेइजिङ – कुखुराको मासुमा कोरोना भा-इरस भेटिएको खबर बाहिरिएको छ। ब्राजिलबाट चीनको शेन्जेनमा आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भा-इरस भेटिएको समाचारमा उल्लेख छ।

सीएनएनका अनुसार आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो। शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भा-इरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै जहाँको नगरपालिकाले यसबारे जानकारी दिएको हो।

यसअघि हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण पाइएको छैन। विश्व स्वास्थ्य संगठनले खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम रहेको बताइसकेको छ।

यसैबीच शेन्जेनका स्वास्थ्य अधिकारीले कुखुराको मासु आयातमा संलग्न सबैको स्वास्थ्य परीक्षण गरिसकेको छ। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ।

साथै पखेटा भण्डारण गरेर राखेको स्थानलाई डिस्इन्फेक्सन तथा बेचिसकेकाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएको खबर सीएनएनले छापेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७