मनोरञ्जन

सञ्जयकी श्रीमतीले लेखिन् भावुक स्टाटस

सञ्जयकी श्रीमतीले लेखिन् भावुक स्टाटस

एक गम्भीर बिरामीको सामना गरिरहेका बलिउड अभिनेता सञ्जय दत्त उपचारका लागि अमेरिका गएको समाचार बाहिर आएको छ । फोक्सोको क्यान्सर तेस्रो चरणमा पुगेको समाचार भारतीय मिडियाहरुले लेखेका छन् ।

यसै क्रममा अहिले सञ्जयकी श्रीमती मान्यताले एक भावुक पोष्ट गरेकी छन् । जसमा उनले क्या-न्सर रोगको बारेमा केहि खुलाएकी छैनन् । तर संजय दत्तलाई फा-इटर भनेकी छन् ।

मान्यताले लेखेकी छन्, ‘म सञ्जूको स्वास्थ्य लाभको लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन्छु । हामीलाई यस संकटको घडीबाट बाहिर आउन तपाईको प्रार्थनाको आवश्यक छ । यस परिवारले विगतमा पनि धेरै कुराहरु सहेका छन्, तर म पक्का छु कि यो समय पनि बितेर जान्छ । हामीलाई मद्दत गर्नुहोस् र तपाईंको माया र समर्थनलाई यस्तै राख्नुहोस् ।’

मान्यताले आफ्नो परिवारले सबै कठिनाइहरूको सामना गरिरहेको बताएकी छन् । उनले भनेकी छिन्, ‘सञ्जु जहिले ल-डाकू भएको छ र हाम्रो परिवारले पनि संघर्ष गरिरहेका छ । भगवानले हामीलाई फेरि यो चुनौती दिएर परीक्षण गर्नुभयो । हामीलाई तपाईंको प्रेम र आशीर्वादहरू चाहिन्छ । हामीलाई थाहा छ यस पटक पनि हामी विजेता हुनेछौं ।’

अहिले उनको यो स्टाटसले निकै चर्चा पाएको छ । जहाँ उनका फ्यानले संजयको स्वस्थ्यलाभको कामना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७