मनोरञ्जन

नायिका रेखा थापाले भावुक हुने यस्तो स्टाटस पोष्ट गरिन्

नायिका रेखा थापाले भावुक हुने यस्तो स्टाटस पोष्ट गरिन्

नेपाली फिल्म हिरोबाट नेपाली फिल्म क्षेत्रका प्रवेश गरेकी नायिका रेखा थापा यति बेला सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । नायिका रेखा थापाकाे फ्यान भने निकै धेरै नै छन् । उनले गरेकाे हरेक क्रियाकलापमा दर्शकले साथ दिएका छन् ।

उनले नारी प्रधान फिल्म बनाएर नारीलाइ उच्च स्थानमा राखेकि छिन् । नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी रेखाले निमार्ण गरेका सबै फिल्म नेपाली दर्शकले मन पराएका छन् ।

उनले एक दिन अगाडी आफ्नो फेसबुक मार्फत यस्ताे लेखेकि छिन्, ‘कथा सबैका हुन्छन्, रहर सबैका हुन्छन्, साना—ठुला अर्कैं कुरा— सपना सबैका हुन्छन् ‘ भनी पोष्ट गरेकी छिन् ।

उनले गाउँले महिला र एक नर्स पढ्दै गरेकी विद्यार्थीसँग बसेको फोेटो समेत सियर गरेकी छिन् । यसबाट प्रष्ट बुझ्न सकिन्छ की उनी हरेक नारीलाई समान रुपमा हेर्ने गर्छिन् । नर्स होस या गृहिणी सबैको सपना, रहर हुन्छन् फरक यति हो कसैका ठुला त कसैका साना । उनी यस फोटोमा निलो कुर्तामा सुन्दर देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७