मुख्य समाचार

टिकटकमाथि लगाएको प्रतिबन्ध अब भारतले हटाउने !

टिकटकमाथि लगाएको प्रतिबन्ध अब भारतले हटाउने !

अहिले सामाजिक संजाल टिकटकलाइ धेरै देशले प्रतिबन्ध लगाएका थिए, त्यसै मध्य भारत पनि एक हाे ।
केहिसमय अघि भारतले चिनियाँ एप टिकटकमाथि लगाएको प्रतिबन्ध हट्ने संकेत देखिएको छ । रोयटर्सको एक रिपोर्टअनुसार रिलायन्स इण्डष्ट्रिजले टिकटकको भारतीय कारोबार खरिद गर्ने तयारी रहेका छन् ।

रिपोर्टका अनुसार टिकटकको मालिक कम्पनी बाइटडान्स र मुकेश अम्बानीको कम्पनी रिलायन्स इण्डष्ट्रिजबीच सम्भावित डीलको विषयमा छलफल भइरहेको छ । यद्यपि यी दुई कम्पनहिरु कुनै सम्झौतामा भने भइसकेकाे छैन् ।

रिलायन्स र टिकटक दुवैले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । अहिले यस जानकारी सुन्दा भारतिय टिकटकर निकै खुसि भएका छन् । गएको जुलाइमा भारतले टिकटकसमेत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध गरिएकाे थियाे । त्यतिबेला टिकटकका ३० प्रतिशत प्रयोगकर्ता भारतीय थिए र टिकटकको कूल कमाइको १० प्रतिशत कमाइ भारतबाट आउँथ्यो ।

अप्रिल २०२० सम्म गुगल प्ले स्टोर र एपल स्टोरबाट टिकटक २ अर्ब पटक डाउनलोड भएको थियो । यसको ३०.३ प्रतिशत डाउनलोड भारतबाट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७