अर्थ

सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

सुनको भाउ घटबढ भइरहेको छ । बुधबार एैतिहासिक रूपमा तोलामै ६ हजार २ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार भने २ हजार ४ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बिहीबार भने ९७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजाबी सुनको भाउ पनि २ हजार ४ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

बुधबारको तुलनामा बिहीबार चाँदीको भाउ पनि ८५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार २ सय १० रुपैयाँ कायम भएको चाँदीको भाउ बिहीबार एक हजार २ सय ९५ रुपैयाँ पुगेको छ ।

रसियामा कोभिड–१९ को भ्याक्सिन तयार भएका समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालमा पनि भाउ घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७