मनोरञ्जन

‘भिलेन’को भूमिकामा समेत लोकप्रिय भएका बलिउडका यी ५ अभिनेत्री

‘भिलेन’को भूमिकामा समेत लोकप्रिय भएका बलिउडका यी ५ अभिनेत्री

दर्शकले रुचाउने भनेकाे रुपकाे सुन्दरता र अभिनय नै हाे । भने कतिपयले उनीहरुकाे स्वभाव रुचाउने गर्छन् । बलिउडका थुप्रै अभिनेत्रीहरुले आफ्नो सुन्दरता र उत्कृष्ट अभिनयका कारण निकै लोकप्रियता कमाइरहेका छन् । तर, केही यस्ता चर्चित अभिनेत्रीहरु छन् जसले सकारात्मक मात्र नभइ नकारत्मक भूमिकामा पनि दर्शक माझ निकै नै लाेकप्रिय भएका छन् ।

फिल्ममा सकारात्मक भूमिकाका सँगसँगै चर्चा पनि उत्तिकै बटुलेका केही अभिनेत्री छन् जसले नकारान्मक भूमिकामा समेत लोकप्रियता हासिल गरे । हामिले तपाइलाइ ती ५ अभिनेत्रीकाे चर्चा गर्न गएका छाैँ ।

१. अरुणा ईरानी

आफ्नो सुन्दरता र प्रखर अभिनयका कारण निकै लोकप्रियता चर्चा कमाइरहेकी अभिनेत्री अरुणा ईरानीले अनिल कपूर र माधुरी दिक्षितले फिल्म ‘बेटा’ मा नकारात्मक भूमिका निभाएकी थिइन् । उनले उक्त फिल्ममा यस्तो भूमिका निभाइन् कि मानिसहरु उनलाई घृ’णा नै गर्न सुरु गरे । उनको सौ’तेनी आमाको भूमिका निकै लोकप्रिय भयो ।

२. प्रियंका चोपडा

आफ्नो सुन्दरता र प्रखर अभिनयका कारण निकै लोकप्रियता चर्चा कमाइरहेकी प्रियंका चोपडाकाे चर्चा भने सधै नै हुने गर्छ । अक्षय कुमार, प्रियंका चोपडा र करीना कपूरको फिल्म ‘ऐतराज’ लाई दर्शकले निकै रुचाए । फिल्ममा उनले ‘सोनिया’ को भूमिका निभाएकी थिइन् । उनको नकारात्मक भूमिकालाई दर्शकले यति मन पराए कि उनलाई सन् २००४ को ‘बेस्ट भि’लेन’ को अवार्ड मिलेको थियो ।

३. काजोल

आफ्नो सुन्दरता र प्रखर अभिनयका कारण निकै लोकप्रियता चर्चा कमाइरहेकी काजोलले फिल्म ‘गु’प्त’ मा नकारात्मक भूमिका निभाएकी छिन् । उनले उक्त फिल्ममा निभाएको नकारात्मक भूमिकाले धेरैकाे मन जित्न सफल भयाे । उक्त फिल्ममा काजलसँगसँगै बबी देओल र मनिषा कोइरालालाइ समेत मुख्य भूमिकामा देख्न सकिन्छ ।

४. उर्मिला मातोन्डकर

निर्देशक रजत मुखर्जीको फिल्म ‘प्यार तूने क्या किया’ मा आफ्नो सुन्दरता र प्रखर अभिनयका कारण निकै लोकप्रियता चर्चा कमाइरहेकी अभिनेत्री उर्मिला मातोन्डकरले एक युवतीको रूपमा नकारात्मक भूमिका निभाएका थिइन् । उक्त फिल्मका उनकाे भुमिकाको निकै प्रशंसा भएको थियो । साथै, फिल्म समिक्षकहरुले पनि उनको भूमिकालाई निकै प्रशंसा गरेका थिए ।

५. रेखा

बलिउडकी सदाबहार चर्चित अभिनेत्री रेखाले नकारात्मक भूमिका निभाएर पनि धेरैकाे मन जित्न सफल भइन् । बलिउड चर्चित अभिनेता अक्षय कुमार र रवीना टन्डनसँग फिल्म खिलाडियोका खिलाडी मा रेखाले नकारात्मक भूमिकामा अभिनय गरेकी थिइन् । उक्त भूमिकाका लागि रेखालाई राम्राे अभिनय गरेकाे हुनाले उनले त्यस नकारात्मक भुमिकाको अवार्ड समेत हासिल गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७