मनोरञ्जन

शंकर बिसीले गिनिज वर्ल्ड रेकर्ड राख्दै…

शंकर बिसीले गिनिज वर्ल्ड रेकर्ड राख्दै…

नेपाली चर्चित मोडल तथा निर्देशक शंकर बिसी गिनिज वल्ड रेकर्डसमा नाम राख्ने तयारीमा रहेका छन् । उनले अहिलेसम्म ३५ सय बढि म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले यसैको माध्यमबाट गिनिज वल्र्ड रेकर्डसमा नाम लेखाउन थालेका हुन् । उनि अहिले पनि माेडलिङ्ग क्षेत्रमा निकै ब्यस्त छन् ।

विश्वमा यति धेरै म्युजिक भिडियो खेल्ने मोडल आफु बाहेक अर्काे काेहि नभएको उनको दाबी रहेकाे छ । उनले रेकर्डका लागि सबै प्रक्रिया पुर्याएर केही अगाडि आवेदन दिएको र साथीभाईको आग्रहमा रेकर्डको प्रक्रिया थाल्न शुरु गरेका हुन् ।

उनले २०६९ साउन सम्म लगभग ६ सयवटा गितमामा अभिनय र १ हजार २ सयवटा गितको निर्देशन तथा २२ वटा चलचित्रका गीतहरूमा समेत निर्देशन गरेका थिए । उनी नेपाली लोक दोहोरी नृत्य जगतका एक अत्याधिक चर्चित, सफल तथ उत्कृष्ट व्यक्ति हुन् । उनी नेपाली लोक दोहोरी तथा नृत्य क्षेत्रमा सबैभन्दा धेरै निर्देशन गर्ने निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७