मुख्य समाचार

नेपालमा २४ घण्टामै कोरोनाले १० को मृत्यु

नेपालमा २४ घण्टामै कोरोनाले १० को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाले १० जनाको मृत्यु भएको छ। बुधबार काठमाडौं, धादिङ, धनुषा, सप्तरी, कपिलवस्तु, बारा र मोरङका गरेर १० जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो।

मन्त्रालयले अहिलेसम्म औपचारिक रुपमा ९१ जनाको कोरोनाले मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयको पत्रकार सम्मेलनपछि थप दुई जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना सं-क्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ। पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएको खबर अन्नपुर्ण पोष्टमा छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७