मनोरञ्जन

सर्वाधिक कमाउने अभिनेताः ड्वेनदेखि अक्षयसम्म, कसको कमाइ कती ?

सर्वाधिक कमाउने अभिनेताः ड्वेनदेखि अक्षयसम्म, कसको कमाइ कती ?

विश्व चर्चित पत्रिका फोब्सले सन् २०१९ को जुन १ देखि सन् २०२० को जुन १ सम्म सर्वाधिक कमाइ गर्ने अभिनेताको नाम सार्वजनिक गरेको छ ।

यसको एक नम्बरमा हलिउड अभिनेता तथा पूर्व व्यवसायिक रेस्लर ड्वेन जोनशन(द रक) छन् । उनि लगातार दोश्रो वर्ष सर्वाधिक कमाइ गर्ने अभिनेता बनेका छन्। यो अवधिमा ८७.५ मिलियन अमेरिकी डलर कमाइसहित उनी सूचिको पहिलो नम्बरमा परेका छन्।

यसमा नेटफ्लिक्सको थ्रि-लर सिनेमा ‘रेड नोटिस’का लागि लिएको २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक समावेश छ। यसैगरी उनले आफ्नो फिटनेस लुगाको ‘प्रोजेक्ट रक’ ब्रान्डबाट पनि राम्रो कमाइ गरेको जनाइएको छ।

जोन्सनपछि सर्वाधिक धेरै कमाउने अभिनेताको सूचिमा ‘रेड नोटिस’मा उनीसँगै काम गरेका रायन रेनल्ड्स छन्। उनले ७१.५ मिलियन अमेरिकी डलर कमाएका छन्। तेश्रो स्थानमा अभिनेता तथा निर्माता मार्क वाहबर्ग छन्। उनको कमाइ ५८ मिलियन डलर छ। चौथोमा बेन एफ्लेक छन् भने पाँचौमा भिन डिजेल छन्।

छैटौं स्थानमा भने बलिउड अभिनेता अक्षय कुमार छन्। उनको ४८.५ मिलियन अमेरिकी डलर कमाएको फोब्सले जनाएको छ। कमाइको अधिकाशं हिस्सा उनले विज्ञापन खेलेर कमाएका हुन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७