मनोरञ्जन

फोक्सोमा क्यान्सर देखिएपछि अभिनेता संजय दत्त अमेरिका प्रस्थान

फोक्सोमा क्यान्सर देखिएपछि अभिनेता संजय दत्त अमेरिका प्रस्थान

पोखरा – बलिउडका चर्चित अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। तर उनको क्यान्सर तेस्रो स्टेजको भएको बताइएको छ। क्यान्सर भएका संजय उपचारको लागि अमेरिका प्रस्थान गरेको भारतिय मिडियामा जनाइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी गएको शनिवार मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा भर्ना हुँदा उनले कोरोना परिक्षण पनि गराएका थिए । उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

फोक्सोको क्यान्सर भएपछि उनी उपचारको लागि कामबाट बिदा लिएर अमेरिका प्रस्थान गरेका हुन् । उनका परिवार भने अहिले दुबईमा छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७