Uncategorized

पाेखरामा खतराको घण्टीः एकै परिवारका ९ जनामा कोरोना पुष्टि

पाेखरामा खतराको घण्टीः एकै परिवारका ९ जनामा कोरोना पुष्टि

पोखरामा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भेटिएएको छ। पोखरा वडा ९ बसोबास गर्ने एकै परिवारका ९ सदस्यमा कोरोना पुष्टि भएएको हो।

वडाध्यक्ष रामराज लामिछानेका अनुसार २ दिनअघि परिवारका २ जनामा कोरोना पुष्टि भएकोमा उनीहरुको कन्ट्याक्टमा आएकाको मंगलबार भएको पीसीआर परीक्षणमा थप ७ जनामा संक्रमण देखिएकाे हाे। जससमा ५ महिला १ बालिका र १ जना पुरुष छन्। यसअघि २ जना महिला-पुरुष संक्रमित भएका थिए।

गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ विज्ञप्ति जारी गरी वडा ९ का ४ महिलाहरु वर्ष ११, ३५, २७, ३७ तथा पुरुष वर्ष ३० र ३१ मा कोरोना पुष्टि भएको जनाएको छ। वडामा पहिले २ र अहिले ७ गरी कुल ९ जनामा कोरोना देखिइसकेको महानगरका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यलाई उद्घृत गर्दै वडाध्यक्ष लामिछानेले बताए।

वडाले सोमबार नै सूचना जारी गरी अत्यावश्यक कामबाहेक सकेसम्म घरबाहिर ननिस्कन वडावासीमा आग्रह गरिसकेको थियो। अब थप सचेतना उपाय के गर्नेबारे सरोकारवालासँग छलफल गरी निर्णय गरिने उनले बताए। वडा ९ पोखराको मुख्यबजार क्षेत्र पर्छ।

पोखरामा हालसम्म १ सय ६४ जना संक्रमित भेटिएका छन्। मंगलबार मात्र पोखरामा १५ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७