अन्तर्राष्ट्रिय

रुसले विकास गर्यो कोरोनाको खोप, पुटिनकी छोरीमा परिक्षण

रुसले विकास गर्यो कोरोनाको खोप, पुटिनकी छोरीमा परिक्षण

एजेन्सी । रुसले कोरोना भाइरसको खोप तयार भएको दाबि गरेको छ । राष्ट्रपति भ्यादमिर पुटिनले यसको औपचारिक घोषणा गर्दै आफ्नी एक छोरीले सो खोप प्रयोग गरिसकेको जानकारी गरेका छन् । छोरीलाई भ्याक्सिनको दुई डोज दिइएकोसमेत उनले बताएका छन् ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार भ्याक्सिन लगाउँदा उनकी छोरीको शरीरको तापक्रम १००.४ डिग्री फरेनहाइट थियो । त्यसको भोलिपल्ट तापक्रम घटेर ९८.६ डिग्री कायम भयो । दोस्रो भ्याक्सिनपछि तापक्रम सामान्य अवस्थामा आएको बताइएको छ ।

पुटिनका दुई छोरीहरु मारिया र क्याटेरिया छन् । उनीहरुमध्ये कुन छोरीलाई भ्याक्सिन दिएको हो भन्ने पुटिनले खुलाएका छैनन् ।उनले यो भ्याक्सिन कोरोनाविरुद्ध प्रभावकारी सावित भइसकेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७