अर्थ

मोटरसाइकलको खोजीमा हुनुहुन्छ ? यी हुन् २१ प्रकारका सस्तो बाइक !

मोटरसाइकलको खोजीमा हुनुहुन्छ ? यी हुन् २१ प्रकारका सस्तो बाइक !

सरकारले जिल्लाभित्र सवारी चलाउँदा सिट क्षमताको आधामात्र बोक्न पाइने व्यवस्था गरेको छ। तथापि मानिसहरू सार्वजनिक सवारीमा यात्रा गर्नु जोखिमपूर्ण भएको ठान्दै दुईपांग्रे निजी सवारी खरिदमा आकर्षित भएका छन्। लकडाउन खुकुलो भएपछि दुईपांग्रे सवारी दर्ता नै बढेको यातायात व्यवस्था कार्यालय मोटरसाइकल, बागमती प्रदेशको तथ्यांक छ।

लकडाउन खुकुलो भएपछि असारमा ६ हजार ५४ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएको कार्यालयले जनाएको छ। दुईपांग्रे सवारी दर्ता लकडाउन खुकुलो भए पछिको पहिलो महिनामा उत्साहजनक देखिएको तथ्यांकबाट पुष्टि हुन्छ ।

सरकारले असार १ देखि लकडाउन केही खुकुलो बनाएर सरकारी कार्यालयहरू सञ्चालन गर्ने निर्णय गरेसँगै सवारी दर्तासमेत सुरु भएको थियो। सवारीसाधनको बिक्री निराशाजनक हुने अनुमान गरिएको अवस्थामा मोटरसाइकल तथा स्कुटरको बिक्री भने उत्साहजनक नै देखिएको व्यवसायीहरूको भनाइ छ। सस्तो र इन्ट्रिलेवलका मोटरसाइकलको माग र सोधखोज बढेको उनीहरू बताउँछन्।

यही सन्दर्भमा नेपाली बजारमा उपलब्ध सस्तो मूल्यका मोटरसाइलको मूल्यसहितको विवरण तयार पारिएको छ।

बजाज
प्लाटिना १०२ सिसी– रु १,७६,९०० डिस्कभर १२५ सिसी (ड्रम)– रु १,८९,९०० डिस्कभर १२५ सिसी (डिस्क)– रु १,९६,९००

यमाह
सलुटो १२५ सिसी– रु २,०५,९००

रनर
बाइक आरटी ८० सिसी– रु १,५२,०००
एडी ८० डिलक्स ८० सिसी– रु १,६५,०००
चेत १०० सिसी– रु १,६९,०००

काइट प्लस ११० सिसी– रु १,८९,०००
रोयल प्लस ११० सिसी– रु १,८९,०००
बुलेट १२५ सिसी– रु १,९५,०००

हिरो
हिरो एचएफ १०० सिसी– रु १,६६,५०० सुपर स्प्लेन्डर प्लस १०० सिसी– रु १,७७,५००
सुपर स्प्लेन्डर आई स्मार्ट, ११० सिसी– रु १,८३,५०० सुपर स्प्लेन्डर १२५ सिसी– रु १,९६,०००
सुपर स्प्लेन्डर आइबिएस, १२५ सिसी– रु १,९८,०००

टिभिएस
टिभिएस रेडन ११० सिसी– रु १,८५,९००, टिभिएस स्टाइकर १२५ सिसी– रु १,९६,९००
टिभिएस स्टाइकर रिफेस १२५ सिसी– रु १,९९, ९००

सुजुकी
सुजुकी हायाते ११३ सिसी– रु १,८५,९००

होन्डा
होन्डा सिबी साइन डिआरएस १२५ सिसी– रु २,०९,९००, होन्डा सिबी साइन डिएसएस १२५ सिसी– रु २,१९,९००

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७