समाचार

कोरोना नियन्त्रणमा प्रत्यक्ष खटिएका प्रहरी निरिक्षक प्रताप पौडेल सहितलाई सम्मान

कोरोना नियन्त्रणमा प्रत्यक्ष खटिएका प्रहरी निरिक्षक प्रताप पौडेल सहितलाई सम्मान

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले आज अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी पत्रकार लगायतलाई सम्मान गरेको थियो ।

कोरोना-भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका संक्रमितलाई आइसोलेशन सम्म पुर्याउने, भारतबाट आएका नेपालीका लागी सहयोग गरेका ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख, प्रहरी निरिक्षक प्रताप पौडेललाई सम्मान गरेको थियो ।

साथै सशस्त्र प्रहरी बल ३९ नं गुल्म का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही, सशस्त्र प्रहरी बल ३९ नं गुल्मका सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने लगायतलाईसमेत नगरपालिकाले उच्च मूल्यांकन गर्दै सम्मान गरेको हो ।

भारतबाट दैनिक हजारौसम्म भित्रिदै गरेकाे भिडलाई सेल्टर दिनेदेखि लिएर खाना व्यावस्थापन गराउने साथै नगरभित्रकाे क्वारेन्टाइन र आइसाेलेसन व्यवस्थापन समेत गराउनमा कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी , सशस्त्र र जनपथ प्रहरी लगायत नेपाली सेना एवं संघसंस्थाहरु लगायत पत्रकारहरु प्रत्यक्षरुपमा खटिदै आएका छन् ।

यसरी सबैको कामको उच्च मूल्यांकन गर्दै नगरपालिकाले सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७