समाचार

जो २१ वर्षमै अरबपति बनिन्

जो २१ वर्षमै अरबपति बनिन्

एजेन्सी । विश्वमा नै चर्चित काईली जेनरले आज जन्मदिन मनाइरहेकी छिन्। उनी हाल २३ वर्षकी भइन्। उनले जन्मदिनको अवसरमा पहिरिएको पहिरनमा २३ लेखिएको छ।

काईली मिडिया पर्सनालिटीका साथसाथै चर्चित एन्टरप्रेन्योर पनि हुन्। रियालीटी टेलिभिजन स्टार, मोडल तथा व्यवसायी काईली विश्वकै कान्छी अरबपति हुन्। उनी आफै कस्मेटिक मेकअपको व्यवसाय सञ्चालन गर्छिन्।

काईलीको रोल मोडल लेडी गागा हो। काईली १८ वर्षकी हुँदा लेडी गागासँग पहिलोपटक भेटघाट भएको थियो। गागाले काईलीको लुक्स र सामाजिक सञ्जालमा हुने चर्चाको बारेमा तारिफ गरेकी थिइन्। काईली आफ्नो ब्राण्डलाई बढवा दिनको लागि यूट्युब, इन्स्टाग्राम र स्न्यापच्याटमा आफै विज्ञापन गर्ने गर्छिन्।

फोब्र्सका अनुसार जेनरको कम्पनीको मूल्य ९०० मिलियन डलर रहेको छ। अनुमानित १ बिलियन डलर नाफासँगै जेनर २१ वर्षको उमेरमा अरबपति बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७