मनोरञ्जन

२७ बर्षमै अस्ताएकी ‘प्रिय बहिनी’ नजीमा

२७ बर्षमै अस्ताएकी ‘प्रिय बहिनी’ नजीमा

बलिउडमा सन् १९६० देखि ७० को दशकमा बढी चर्चामा रहेकी अभिनेत्री हुन् नजीमा । फिल्मी करीयरमा अगाडी बढ्दै गर्दा अ-चानक उनी प्राणघा-तक रोगको शि’कार भएपछि २७ बर्षको कलिलो उमेरमै उनले संसारबाटै अस्ताइन् ।

फिल्मा नजीमालाई बहिनी वा अभिनेत्रीको साथीको रुपमा बढी मात्रामा देख्न सकिन्छ । उनको सोझो र सुन्दर अनुहारले उनलाइ निकै चर्चित बनायो ।

सन् १९४८ मा जन्मिएकी नजीमाको अभिनयप्रति झुकाव थियो । उनले बालकलाकारका रुपमा बेबी चान्द, हम पंक्षी एक डाल लगायतका फिल्ममा अभिनय गरिन् ।

सन् १९६० देखि ८० को दशकमा हिन्दी फिल्ममा ब-ला-त्कारको सिन समावेश गर्ने होड चलेको थियो । जसका लागी नजीमा पहिलो रोजाइमा पर्न थालिन् ।

नजीमाको निशान, आरजू, दिल्लगी, तमन्ना, अनजाना लगायतका सुपरहिट फिल्ममा सपोर्टिंग रोल निर्वाह गरिन् । अधिकाशं फिल्ममा उनी बहिनीको भुमिकामा देखाइयो।

सन् १९७२ मा उनले मनोज कुमारका साथमा बेईमानमा शानदार अभिनय गरिन् । सोहि फिल्मबाट उनले फिल्म फेयर अवर्ड समेत प्राप्त गरिन् ।

नजीमाको अन्तिम फिल्म लव एण्ड गड थियो । यो फिल्म उनको मृ’त्युपश्चात रिलिज भएको थियो । उनको उदाउँदो फिल्मी करियरलाई क्या’न्सरले अस्ताउन बा-ध्य बनायो । अनि २७ बर्षको उमेरमा उनको सन् १९७५ मा सदाका लागि अस्ताइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७