मुख्य समाचार

बिदेशबाट पठाइएको रकमको पत्नीले हिसाब बुझाउन नसक्दा सम्बन्ध-विच्छेद

बिदेशबाट पठाइएको रकमको पत्नीले हिसाब बुझाउन नसक्दा सम्बन्ध-विच्छेद

वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ ।

मकवानपुर जिल्लामा पनि गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्ध-विच्छेदका लागि ५३१ मु-द्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मु-द्दा फछ्र्योट गरी पत्नी र पतिबीच सम्बन्ध-विच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

पत्नीबाटै ६० प्रतिशत पतिमाथि नै आर्थिक र पारिवारिक वि-वादको कारणबाटै सम्बन्ध-विच्छेद बन्न पुगेको

जिल्ला अदालतमा अघिल्लो आव २०७४/७५ मा दर्ता भएका ५१२ सम्बन्ध-विच्छेदका मु-द्दामध्ये अदालतले ३३३ मु-द्दा फछ्र्र्योट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिं-सा, दुव्र्य-वहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्ध-विच्छेद गरी पाऊँ भनी दिइएको निवेदनअनुसार जिल्ला अदालतको इजलासमा कानूनी बहस हुँदा बरु पत्नीबाटै ६० प्रतिशत पतिमाथि नै आर्थिक र पारिवारिक वि-वादको कारणबाटै सम्बन्ध-विच्छेद बन्न पुगेको जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताएका छन् ।

अंशबण्डाको हिस्सा नलिने स्वीकार गर्दै अन्य व्यक्तिसँग नाता जोड्ने मनसाय राखी सम्बन्ध-विच्छेद गर्ने उद्देश्यपनि भेटियो

विवाहित पत्नीले पतिभन्दा अन्य व्यक्तिसँग हेलमेल गरी अधिक खर्च गरेको भनी पतिले आरोप लगाउँदा करिब ४० प्रतिशत जति विवाहित पत्नी सम्बन्ध-विच्छेदको शि-कार हुनुपरेको पनि श्रेस्तेदार भट्टराईले जानकारी दिए ।

अदालतको इजलासमा नवविवाहित युवतीले आफ्नो पतिसँग अब कुनै अंशबण्डाको हिस्सा नलिने स्वीकार गर्दै अन्य व्यक्तिसँग नाता जोड्ने मनसाय राखी सम्बन्ध-विच्छेद गर्ने उद्देश्य राखी निवेदन दर्ता गरिएको पनि श्रेस्तेदार भट्टराईले उल्लेख गरे ।

यसैगरी जिल्ला अदालत मकवानपुरले गत आव २०७६/७७ मा बाल हिं-सा, चोरी र नाबालकले नाबालिकालाई प्रलोभनमा पारी जब-र्जस्ती अनुचित कार्य गर्न बाध्य बनाइएको मु-द्दामा जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको बाल इजलासले केही नाबालिकालाई सम्बन्धित अभिभावकको जिम्मा र केही नाबालकलाई सुधारगृहमा कैद भुक्तानको लागि पठाएको जनाएको छ ।

जिल्ला अदालतमा बाल हिं-सा अनुचित कार्य गर्ने र चोरी अभियोग सम्बन्धमा समेत गत आवमा २७ मु-द्दा दर्ता गराएकामध्ये २० मु-द्दाको फछ्र्र्यौट गरी बालबालिकाको इजलासबाट थप सुरक्षागृहमा बालबालिकालाई पठाइएको पनि जिल्ला अदालतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७