अर्थ

पल्सरलाई पछी पार्ने नयाँ फिचरसहित आरटीआर २०० नेपालमा सार्बजनिक हुदै

पल्सरलाई पछी पार्ने नयाँ फिचरसहित आरटीआर २०० नेपालमा सार्बजनिक हुदै

२६ साउन । टीभीएसको नेकेड बाइक टीभीएस आरटीआर २०० फो भीको नयाँ भर्सन आगामी हप्ता नेपाली बजारमा सार्बजनिक हुने भएको छ ।

पावर र नेकेड लुक्सका कारण यो बाइक नेपाली युवाहरुको रोजाईमा पर्ने गरेको छ । अहिले आउन लागेको नया आरटीआर २०० फो भीमा अझ नया फिचरहरु थपिएर आउने भएकोले ग्राहकहरु थप आकर्षित हुने कम्पनिले बताएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्स प्रालिका अनुसार आउन लागेको नया आरटीआर २०० फो भीमा एबीएस, अल न्यू एलइडी हेडल्याम्प र स्मार्ट कनेक्टेड फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल हुनेछ । सवारी चालकले आफ्नो स्मार्ट फोन कनेक्ट गरेर फोन कल, एसएसम, हेलमेट वार्निङ, टर्न वाइ टर्न नेभिगेसन जस्ता सुबिधा उपयोग गर्न सक्नेछन् ।

बिएस६ इन्जिनमा आउने आरटीआर २०० फोर भीमा १९७.८ सीसी सिगंल सिलिन्डर, फोर भल्भ, एफआई, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २०.२ बीएस पावर र १६.८ एनएम टर्क जेनेरेट गर्छ । स्लिपर कल्च रहेको यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

अहिले नेपाली बजारमा नन् एबीएस भर्सनको पुरानो आरटीआर २०० फोर भीको मूल्य ३ लाख २५ हजार रुपैयाँ रहेको छ । आउन लागेको नयाँ आरटीआर २०० फोर भीको मूल्य कम्पनीले सार्वजनिक गरेको छैन । तर नयाँ आरटीआर २०० फोर भीको मूल्य ३ लाख ४५ हजार रुपैयाँ वरिपरी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७