मुख्य समाचार

अन्ततः झुक्यो भारत, भन्यो- बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ’

अन्ततः झुक्यो भारत, भन्यो- बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ’

५ साउन, पोखरा – भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिका बिषयमा मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति बारे बोलेको छ ।

भारतको विदेश मन्त्रालयले भनेको छ – ‘यसमा कुनै शंका छैन , गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

जयशंकरले बुद्ध महान भारतीय भएको बताएका थिए । जसको भिडियोसमेत भाइरल बनेको थियो ।

उनको भनाइको प्रतिउत्तरमा नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७