मनोरञ्जन

जब बोल्दा-बोल्दै भक्कानिएर रोइन् पूजा (भिडियो)

जब बोल्दा-बोल्दै भक्कानिएर रोइन् पूजा (भिडियो)

नायिका पूजा शर्माले आज प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नायिका पूजाले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।

पूजाले आफ्नो पीडा पोख्न खोज्दा सम्हाल्न नसकेर भक्कानिएर रोएकी थिइन्। प्रकाश सुवेदीले आफ्नो कार्यक्रमबाट पटक पटक आक्रमक शैलीमा होच्याउने गरेको भन्दै पूजा कलाकार संघ, चलचित्र पत्रकार संघदेखि ’एपीवान टिभी’सम्म न्यायका लागि पुगेकी छिन् ।

प्रकाश सुवेदीका कारण आफूले मानसिक तनावसम्म भोग्नु परेको पीडा पूजा शर्माले आँखा भरि आँशु बगाउँदै व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७