माइत गएकी श्रीमीले श्रीमानका लागि लेखेर राखिदिएको चेतनामुलक र रमाइलो पत्र प्रस्तुत गरेका छाैँ ।
म अफिसमा थिए श्रीमतिको माइत जाने दिन थियो फोन गरेर भनिन ‘म माइत हिडे आफ्नो ख्याल गर्नु’ । जब साझ घर पुगे टिभिमा एउटा पर्ची चिप्काइएको थियो जस्मा यस्तो लेखिएको थियो ।
– साथिहरुलाइ घर बोलाएर घरलाइ कवाड खाना बनाउने काम नगर्नु अगिल्लो पटक ४ वटा खाली बोतल सोफा मुनि सफा गर्दा भेटेको थिए ।
-खाना सकेसम्म घरमै बनाउनु अल्छी लागे होटलमा खाएर आउनु बाहिरबाट घरमा लेराएर दुनियालाइ जम्मा गरेर नखुवाउनु अगिल्लो पल्ट खाटको मुनि पिज्जा को ४ वटा बिल भेट्टाको थिए।
-चस्मा ऐना झुन्डाएको किलामा झुन्डाइदिएको छु अगिल्लो पल्ट फ्रीज मा भेटेको थिए।
– काम गर्नी केटिको तलब दिसकेको छु फोकटमा सोधी सोधी माया जनाउनु पर्ने जरुरत छैन।
– बिहान बिहान उठेर छिमेकी हरुलाइ डिस्टर्ब गरि गरि पत्रीका आयो की आएन सोध्नु जरुरी छैन हाम्रो पेपर वाला अरुभन्दा अलग छ अनि दूध वाला पनि…।
-तपाईंको अन्डरवेयर दराज को तल्लो ड्रोएर मा राखिदिएकी छु छोरा हरुको माथिल्लो ड्रोएर मा छ अगिल्लो पल्ट जस्तो छोराको कट्टु लगाएर नहिड्नु।
– तपाइको सबै रिपोर्ट नर्मल छ। पटक पटक त्यो लेडि डक्टर कोमा जानुपर्ने कुनै जरुरत छैन।
– मेरो बैनी अनि भाउजुको जन्मदिन अघिल्लो महिना गैसको राती फोन गरि गरि विस गर्नुको कुनै अर्थ छैन फोन नगर्नु।
– वाइफाइ को पासवर्ड चेन्ज गरिदिएकी छु राती चाडै सुत्नु।
– म छैन भनेर खुसी हुनुपर्नी कुनै जरुरत छैन किनकी मिसेस पान्डे, मिसेस कार्की, मिसेस तिवारी सबै कुन्नी कता टुरमा जाने वाला छन।
– चिनी चियापत्ती कफि माग्नी बहाना लिएर त्यो नखरमाउलि छिमेकिको घर जान जरुरी छैन सबैचिज मैले लेराएर राखिदिएकी छु।
– छिमेकी भाउजू लाई दिदि को नजरले हेर्नू पहिला जस्तो हासी मजाक ठटेउली गरेको सुनेभने के हुन्छ थाहा नै होला।
– अगाडि चोकको किराना पसलेको बुहारी उमेरमा तपाईं भन्दा धेरै सानि छ उसको सानो छोरो जिस्काउने खेलाउने बहानामा केही दायाँ बायाँ हर्कत नगर्नु।
उहि तपाइको जीवन संगीनी