नायिका पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छन् । पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नायिका पूजाले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।
पत्रकार सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा शारिरीक रूपमा होच्याउदै तल्लो स्तरको र अपशब्द शब्द प्रयोग गरेको भन्दै फेसबुकमार्फत आलोचना गरेकी थिइन् । त्यसपछि यो बिषयले सामाजिक संजालमा निकै चर्चा पाएको छ ।
नायिका पूजाको शारीरिक एवं बौद्धिकतामाथि टिप्पणी गर्दै टेलीभिजनमार्फत नै पत्रकार सुवदीले महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’ भनेका थिए । जुन भिडियो हाल भाइरलसमेत बन्रको छ ।
तस्बिर स्रोत- क्यानडानेपाल