अन्तर्राष्ट्रिय

हवाइ विज्ञ भन्छन्- केरलामा विमान दुर्घटना नभएर ‘हत्या’ हो !

हवाइ विज्ञ भन्छन्- केरलामा विमान दुर्घटना नभएर ‘हत्या’ हो !

नयाँदिल्ली : यदी उचित कदम चालिएन भने शुक्रबार कोझीकोडेको जस्तै जहाज दुर्घटना पटना र जम्मु विमानस्थलमा पनि हुनसक्ने विज्ञहरु बताउँछन् । हवाइ सुरक्षा विज्ञ क्याप्टेन मोहन रंगनाथनले हालै भारतीय मिडियासँगको अन्तर्वार्तामा यस्तो भनेका थिए ।

रंगनाथन नागरिक उड्डयन मन्त्रालयले गठन गरेको सुरक्षा सल्लाहकार समितिका सदस्य हुन् । जसले ९ वर्षअघि नै केरलाको कालीकटस्थित कोझीकोडे विमानस्थल अवतरणका लागि असुरक्षित भएको औंल्याएका थिए ।

‘पटना वा जम्मु विमानस्थलमा तपाईँले अर्को ठूलो दुर्घटना थाहा पाउनु हुनेछ । ती दुबै एयरफिल्ड जोखिमयुक्त र असुरक्षित छन्,

‘तर उनको चेतावनी बेवास्ता गरियो । मेरो बिचारमा यो दुर्घ-टना नभएर एक ह-त्या हो,’ रंगनाथनले भनेका छन् । यस्तै अनुसन्धानको क्रममा जहाजलाई दुर्घटनाअघि सुरक्षाको झण्डा देखाइएको थियो । यसले गर्दा पनि रंगनाथनका अनुसार उक्त दु-र्घटना बदल्न सकिन्थ्यो ।

स्थानीय अधिकारीका अनुसार उक्त विमानस्थल जहाज अवतरण गर्न साँघुरो छ । यसैले पनि त्यहाँ थप सुरक्षा उपायको आवस्यकता छ । यसअघिको मेंग्लोर विमान दुर्घटनाको पनि समस्या उस्तै भएको रंगनाथनले औँल्याएका थिए । उनले दुबै विमानस्थल असुरक्षित रहेको बताउँदै आएका थिए ।

पानी परिरहेका बेला जहाजको ‘टेलवीन्ड कन्डिसन’मा यदी उक्त विमानस्थलको रनवे १० मा कसैले अवतरण गराउँछ भने उसले यात्रुको जीवन जोखिममा धकेल्दैछ

‘पटना वा जम्मु विमानस्थलमा तपाईँले अर्को ठूलो दुर्घटना थाहा पाउनु हुनेछ । ती दुबै एयरफिल्ड जोखिमयुक्त र असुरक्षित छन्,’ उनले भने । करिब १० वर्षअघि रंगनाथनले नागरिक उड्डयन सुरक्षा सल्लाहकार परिषद्का अध्यक्ष र नागरिक उड्डयन सचिवलाई पत्र पठाउँदै कोझीकोडे विमानस्थलको ‘रन वे १०’ अवतरणका लागि जोखिममयुक्त हुनसक्ने सुझाव दिएका थिए ।

‘मैले बुझेँ कि, कालीकटमा रन वे १० आईएलएस परीक्षणका लागि प्रयोग भइरहेको छ । केही क्र्यूले त रन वे १० मा पनि भीओआर स्वीकार गर्छन्,’ रंगनाथनले भने । रंगनाथनका अनुसार पानी परिरहेका बेला जहाजको ‘टेलवीन्ड कन्डिसन’मा यदी उक्त विमानस्थलको रनवे १० मा कसैले अवतरण गराउँछ भने उसले यात्रुको जीवन जोखिममा धकेल्दैछ ।

शुक्रबार साँझ पनि त्यहाँ ठीक त्यस्तै भएको रंगनाथनको बुझाइ थियो । यतिसम्म कि, विमानस्थलमा न्युनतम रन वे अन्त्यको सुरक्षा क्षेत्र छैन । शुक्रबार साँझको दुर्घटनामा पाइलटको लाप-र्वाहीले गर्दा त्यस्तो दुर्घटना हुन गएको भारतीय हवाइ विज्ञहरुको तर्क छ ।

जहाँ पाइलट र को–पाइलटसहित एयर इण्डिया एक्सप्रेसका कम्तिमा २० यात्रुको मृत्यु भयो । कोभिड–१९ महामारीका कारण दुबइमा फसेका भारतीय नागरिकलाई सरकारले ल्याउँदै गर्दा विमान दुर्घटनामा परेको हो । अन्नपुर्णमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७