अन्तर्राष्ट्रिय

मुकेश अम्बानी बने विश्वको चौथो धनाढ्यः यो वर्ष मात्रै कमाए २२ अर्ब डलर

मुकेश अम्बानी बने विश्वको चौथो धनाढ्यः यो वर्ष मात्रै कमाए २२ अर्ब डलर

भारतीय धनाढ्य मुकेश अम्बानी विश्वको चौथो धनी व्यक्ति बनेका छन् । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सअनुसार शुक्रवार यूरोपेली धनाढ्य बर्नार्ड आर्नल्टलाई उछिन्दै उनी सो स्थानमा उक्लिएका हुन् । यो वर्ष मात्रै अम्बानीको सम्पत्ति २२ अर्ब डलर थपिएको छ ।

बिलेनियर्स इन्डेक्स अनुसार शुक्रबार अम्बानीको नेटवर्थ ३२ करोड ६० लाख डलरले बढी ८० अर्ब ६० करोड डलरमा पुगेको थियो । उक्त दिनको कारोबारमा आर्नल्टको नेटवर्थ भने १ अर्ब २४ करोड डलर घटेर ८० अर्ब २० करोड डलरमा झरेको थियो।

आर्नल्टको नेटवर्थको भने २५ अर्ब १० करोड डलरको कमी आएको छ । हालैका हप्तामा अम्बानीले अर्बपतिको सूचिमा एलन मस्क, सेर्गे ब्रिन, ल्यारी पेज, वारेन बफेटलगायतलाई उछिनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७