पोखरा, २४ साउन । वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना भाइरस सं-क्रमण भएको छ । प्रेमराजा महत र उनकी पत्नी कविता केसी महतमा कोरोना स-क्रमण देखिएको हो ।
महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत हुन । साथै कुनै समयका उनि चर्चित नेपाली गायकसमेत हुन् ।
लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी गराएका छन् । उनले ध्यान राख्दा राख्दै दुर्भाग्यबस कोरोना सं-क्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।
उनले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।
कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि सं-क्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वानसमेत गरेका छन् ।