मनोरञ्जन

बलिउडका यी ‘फ्लप’ ३ हिरोईन: कसरी बने अर्बौको मालिक ?

बलिउडका यी ‘फ्लप’ ३ हिरोईन: कसरी बने अर्बौको मालिक ?

बलिउड उद्योग जहाँ जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीले मात्र आफ्नो सुनौनो भबिष्यको निर्माण गर्छन भने धेरैल संघर्ष गर्दागर्दै हराउछन् ।

ती मध्ये केहि अभिनेत्री जो बलिउडमा फ्लप भएर पनि अरबौँ पैसामा रमाइरहेका छन् कारण उनीहरुले निकै धनि व्यक्तिसँग बिहे गरे । ती अभिनेत्रीमा आयशा टाकिया, अमृता अरोरा र सेलिना जेटली पर्छन् ।

आयशा टाकिया

सन् १९८६ मा भारतमा जन्मिएकी अभिनेत्री आयशा टाकियाले बलिउडमा ‘टार्जन द वन्डर कार’ बाट आफ्नो करियर शुरु गरेकी थिइन् । उनको पहिलो फिल्मलाई धेरैले मन पराए । राम्रो अभिनयका कारण उनलाई ‘फिल्म फेयर अवार्ड’ पनि प्रदान गरिएको थियो ।

तर त्यसपछि टाकिया अभिनित थुप्रै फिल्म फ्लप भए । त्यसपछि उनले फरहान आजमीसँग बिहे गरिन् । जो निकै सफल व्यवसायी हुन् । १० मिलियन डलरका मालिक आजमीको परिवारमा टाकिया पनि निकै सुखमय जीवन विताइरहेकी छिन् ।

अमृता अरोरा

सन् १९८१ मा जन्मिएकी अभिनेत्री अमृताले बलिउडमा २००४ सालमा ‘गर्लफ्रेन्ड’ नामक फिल्मबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । चर्चित अभिनेत्री मलाइका अरोराकी बहिनी अमृताले केहि फिल्ममा काम गरिन् तर फिल्म चलेनन् ।

त्यसपछि उनले शकील लन्डकसँग बिहे गरिन् । उनी भवनहरु निर्माण गर्ने कम्पनीका मालिक हुन् । उनको कुल कमाई १२ मिलियन डलर रहेको छ ।

सेलिना जेट्ली

यी अभिनेत्रीलाई बलिउड उद्योगमा निकै कम चिनिन्छ । ‘मिस इन्डिया’ समेत भइसकेकी यी अभिनेत्री ‘मिस यूनिभर्स’ पनि भइसकेकी छिन् । निकै सुन्दर यी अभिनेत्रीले पनि फ्लप भईन । र अन्त्यमा उनले पनि व्यवसायीसँग बिहे गरिन् । उनका पति पीटर पनि खरबौँका मालिक हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७