मुख्य समाचार

काठमाडौंका यी ४ क्षेत्र सिल गरिने

काठमाडौंका यी ४ क्षेत्र सिल गरिने

काठमाडौँ — कोरोनाको सं-क्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु काठमाडाैं जिल्ला प्रशासन कार्यालयले सिल गर्ने भएको छ । न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सिल गर्न लागिएको छ । केहीबेर अघिको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना सं-क्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने गरी तयारी भएको र स्वास्थ्य मन्त्रालयबाट औपचारिक जानकारी आएपछि घोषणा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७