मनोरञ्जन

रियाविरुद्ध सीबीआइले गर्यो एफआइआर दर्ता, रिया बयान दिन पुगिन् इडी कार्यालय

रियाविरुद्ध सीबीआइले गर्यो एफआइआर दर्ता, रिया बयान दिन पुगिन् इडी कार्यालय

बलिउड नायक सुशान्त सिंह राजपुतको मृ-त्यु प्र-करण अझै सेलाएको छैन् । यस सम्बन्धि मु-द्दा अब सीबीआइले हेर्ने भएको छ ।

सीबीआइले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती सहित ६ जना वि-रुद्ध एफआइआर दर्ता गरेको छ । जसमा रियाका भाई, पिता, आमा, सुशान्तका घरमा काम गर्ने २ जना म्यानेजर छन् ।

उनीहरुविरुद्ध सीबीआइले आ त्मह त्या, अप-राधिक ष-ड्यन्त्र, धो-का, ग-लत सम्बन्धको कारण देखाउँदै एफआइआर दर्ता गरेको हो ।

यसैक्रममा रिया चक्रवर्ती प्रवर्तन निर्देशनालय अर्थात् इडीमा आफ्नो बयान दर्ता गर्न मुम्बईस्थित कार्यालय पुगेकी छिन् । रियाका अनुसार उनको याचिका सर्वोच्च अदालतमा विचाराधीन छ र सर्वोच्चको आदेशपछि नै इडीले बयान दर्ता गर्नुपर्छ ।

इडीले यो मामिलामा आर्थिक अनियमिताको अनुसन्धान गरिरहेको छ । रियामाथि सुशान्तको खाताबाट १५ करोड निकालेर आफ्नो कम्पनीमा लगानी गरेको आरोप छ ।

सुशान्त सिंहको श-व जून १४ मा उनको मुम्बईस्थित घरमा भेटिएको थियो । मुम्बई प्रहरीले यसलाई आ त्मह त्या ठानेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७