मुख्य समाचार

पोखरामा एकैदिन १० जना कोरोना संक्रमित थपिए

पोखरामा एकैदिन १० जना कोरोना संक्रमित थपिए

पोखरा – प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा शुक्रबार १० जना कोरोना सं-क्रमित फेला परेका छन् । बिहान २ जनामा र पुनः ८ जनामा कोरोना देखिएको निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ ।

बिहीबार पोखरा ८ मा एकै परिवारमा थप ४ जनामा कोरोना देखिएपछि पोखरा क्षेत्रमा सतर्कता अपनाइएको छ । स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माका अनुसार शुक्रबार पोखरा १९ मा ६ जना, वडा १५ र वडा ३१ मा एक एक जनामा सं-क्रमण देखा परेको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा १९ का वर्ष ५८, ६८ र ८८ का ३ जना महिलामा कोरोना पुष्टि भएको हो । वडा १९ मै वर्ष ५७ का एक जना पुरुष तथा वर्ष ६० का २ जना पुरुषमा कोरोना देखिएको छ ।

वडा १५ मा वर्ष ३२ की महिला र वडा ३२ मा वर्ष १९ का पुरुषमा कोभिड–१९ देखिएको छ । पोखरामा शुक्रबार बिहान वडा २ र ८ मा गरी २ जनामा कोरोना सं-क्रमण देखा परेको विज्ञप्तिमार्फत जनाइएको हो । वडा २ मा वर्ष २० र वडा ८ मा वर्ष ५१ का पुरुषमा कोरोना देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७