मनोरञ्जन

नेपालका चर्चित युट्युबर जसले कमाउँछन् महिनामा यती धेरै पैसा

नेपालका चर्चित युट्युबर जसले कमाउँछन् महिनामा यती धेरै पैसा

पछिल्लो समयमा सामाजिक संजाल युटुबबाट भिडियाे सार्वजनिक गर्ने धेरै भइसकेका छन्। युटुबमा हुने नहुने भिडियाे हालेर डलर कमाउने आधा दशकदेखि नेपालमा धेरै बढ्दाे क्रेज थामिनसक्नु भएको छ। युट्युवमा भिडियो हालेर लोभलाग्दो ख्यातिसँगै आम्दानीमा युट्युवरहरु पनि मालामाल छन् ।

युट्युवबाट आम्दानी राम्रै हुन थालेपछि पछिल्लो समय बोल्न सक्ने, कन्टेन्टको खोजी र डिजाइन गर्न सक्ने हजाराैं युवायुवती च्यानल खोलेर युट्युवमा भिडियो हाल्न थालेका छन्। युट्युवमा भिडियो हाल्नेमा कलाकार, पूर्व मिस नेपाल, पत्रकारदेखि सामान्य युवायुवती पनि उत्तिकै छन्। शृंखला खतिवडा, उत्सव रसाइली, अनुप भट्टराई, भाग्य न्यौपाने, शिशिर भण्डारी, सेसन बानियाँ, पूर्व मिस नेपाल, विश्व लिम्बुलगायत अहिले युट्युवमा नेपाली भिडियो हेर्ने दर्शकका लागि परिचित नाम हो।

कति हुन्छ कमाइ ? युट्युवमा नियमित भिडियो हाल्ने र राम्रो भ्यूज जाने च्यानलबाट रामै आम्दानी हुने युट्युवर उत्सव रसाइलीले बताए। रमाइलो छ डटकम अनलाइनसमेत चलाइरहेका उनले युट्युवमा भिडियो अपलोड गर्नकै लागि पुतलीसडकको स्टार मलमा अफिस समेत राखेका छन्। रेडियो, अनलाइन हुँदै युट्युव च्यानल सुरु गरेका उत्सवले सुरुवातीको केही समय मज्जाको टिभीमा काम गरे।

‘यसैबाट स्टारमा अफिस र स्टाफको २ लाख रुपैयाँभन्दा बढीको मासिक खर्च मज्जाले पुगेको छ।’ लगभग तीन लाख जति महिनामा कमाइ हुन्छ।

करिब १ वर्ष मज्जाको टिभीमा काम गरेपछि युट्युवमा रमाइलो छ नाउँको च्यानल बनाएको उनले सुनाए। चलचित्र र संगीत क्षेत्रसँग सम्बन्धित उनले गरेका रमाइला र अनौपचारिक भिडियोलाई दर्शकले रुचाए। १ वर्षमै उनले २ लाखभन्दा बढी सब्सक्राइबर पनि बटुले। युट्युवको कमाइले सन्तुष्ट देखिएका उनी भन्छन्, ‘यसैबाट स्टारमा अफिस र स्टाफको २ लाख रुपैयाँभन्दा बढीको मासिक खर्च मज्जाले पुगेको छ।’ लगभग तीन लाख जति महिनामा कमाइ हुन्छ।

शिशिर भण्डारी

युट्युवर शिशिरी भण्डारी युट्युवमा राम्रो कमाइ गर्ने ब्यक्ती हुन। भण्डारी युट्युव हेर्ने नेपाली दर्शकमाझ समस्यामा परेकाहरुको उद्धारको रुपमा समेत परिचित छन्। उनले विभिन्न समस्या परेका सर्वसाधारणको बारेमा बनाएको भिडियोबाट प्रभावित भई देशविदेशमा बस्ने नेपालीहरुले सहयोग रकम पठाउने गर्छन् र त्यसरी जम्मा भएको रकम पीडितसम्म पु-याउने माध्यम भण्डारी बनिरहेका छन्। सोसियल ब्लेडका अनुसार उनको च्यानले मासिक १ देखि १० लाख रुपैयाँ आम्दानी गरिरहेको छ ।

शिसन बानियाँ

शिसन बानियाँ पनि चर्चित नेपाली युट्युवर हुन्। उनले युट्युवमा उच्च क्वालिटीको भिडियो अपलोड गर्दै आइरहेका छन्। सोसियल ब्लेडका अनुसार बानियाँको च्यानलको मासिक आम्दानी कम्तीमा ६० हजारदेखि १० लाखसम्म हुन्छ।

नेपालका उत्कृष्ट १० युट्युव च्यानल:

टप १० नेपाली युट्युव च्यानल र आम्दानी १. म्युजिक नेपाल ४८ लाख ४२४ देखि ६.८ हजार डलर २. बुढासुब्बा डिजिटल ३६ लाख ७.३ देखि ११६.१ हजार डलर ३. ओएसआर डिजिटल ३० लाख १५.८ देखि २५२.२ हजार डलर ४. न्युज २४ १५ लाख २.६ देखि ४०.९ हजार डलर ५. मिडिया हब अफिसियल च्यानल १५ लाख ४.९ देखि ७८.३ हजार डलर ६. रामसार मिडिया प्रा.लि. १५ लाख २.५ देखि ३९.६ हजार डलर ७. तात्तातो खबर १५ लाख ३.३ देखि ३० हजार डलर ८. कान्तिपुर टिभी एचडी १४ लाख २.९ देखि ४७ हजार डलर ९. भ्वाइस अफ नेपाल १४ लाख २.४ देखि ३७.८ हजार डलर १०. नयाँ नयाँ न्युज नेपाल १४ लाख ६३० देखि १०.१ हजार डलर

नेपाली टेलिभिजनका युट्युब च्यानलको आम्दानी टेलिभिजनको युट्युव च्यानल सब्सक्राइबर आम्दानी कान्तिपुर टिभी एचडी १४ लाख २.९ देखि ४७ हजार डलर न्युज २४ १५ लाख २.६ देखि ४०.९ हजार डलर एपी वान एचडी २ लाख १३ हजार ३०९ देखि ४.९ हजार डलर हिमालय टिभी ५ लाख ५२ हजार २६५ देखि ४.२ हजार डलर इमेज खबर ३ लाख १७ हजार ४२५ देखि ६.८ हजार डलर एभिन्युज खबर ३ लाख ६२ हजार २५० देखि ३ हजार डलर एबिसी न्युज नेपाल १ लाख ६२ हजार २३ देखि ३६५ डलर माउन्टेन टिभी १ लाख ४८ हजार ३१ देखि ४९३ डलर । -साप्ताहिकको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७