मुख्य समाचार

काठमाडौंका यी क्षेत्रमा शुक्रबार-शनिबार विद्युत् काटिने

काठमाडौंका यी क्षेत्रमा शुक्रबार-शनिबार विद्युत् काटिने

नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाट वितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालले बताइन् ।

प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरअन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ ।

सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ। प्राधिकरणले तोकिएको काम समयअगावै सम्पन्न भएको खण्डमा विद्युत्प्र छिट्टै प्रवाह हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७